काठमाडौं– कोरोना भाइरसको महामारीसँगै व्यापक रुपमा प्रयोग हुँदै आएको ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या पनि बढ्दै गएको छ।
औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या ४१ पुगेको छ। विभागले हालसम्म ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने ४१ वटा उद्योगहरु दर्ता भएको जनाएको छ।
आइतबार मात्रै थप ७ वटा उद्योग विभागमा दर्ता भएका छन्। यस्तै, ११ वटा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योग दर्ता हुने क्रममा रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। कोभिड १९ को रोकथामका लागि निकै प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजर स्वदेशमा उत्पादन हुने क्रम बढिरहेको छ।
आधिकारिक रुपमा दर्ता भएका ह्याण्ड सेनिटाइजर मात्र बिक्री वितरण र प्रयोग गर्न विभागको आग्रह छ। विभागमा हालसम्म दर्ता भएका ४१ वटा उद्योग र ती उद्योगले उत्पादन गर्ने ह्याण्ड सेनिटाइजरको नाम (ब्राण्ड) निम्नानुसार छ–
उद्योगको नाम सेनिटाइजरको नाम
१. एमटेक मीड प्रालि विराटनगर – समिट
२. एरो फर्मास्युटिकल्स प्रालि भक्तपुर – क्लिन ह्याण्ड्स्
३. आर्या फर्मास्युटिकल्स प्रालि वीरगञ्ज – क्लीन वेल
४. एसियन फर्मास्युटिकल्स प्रालि रुपन्देही – सफा
५. भाष्कर हर्बस्युटिकल्स प्रालि वीरगीञ्ज – ह्याण्ड सिल्ड
६. बायोगेन रेमिडिज प्रालि रुपन्देही – बायोसिल्ड
७. सिटिएल फर्मास्युटिकल्स प्रालि भक्तपुर – स्यानिसेफ
८. क्युरेक्स फर्मास्युटिकल्स प्रालि काभ्रे – क्युरसेफ
९. डाबर नेपाल प्रालि वीरगञ्ज – इनस्टेन्ट ह्याण्ड सेनिटाइजर
१०. देउराली जनता फर्मास्युटिकल्स प्रालि काठमाडौं – डीजे सेनिटाइजर
११. एभरेष्ट फर्मास्युटिकल्स प्रालि भक्तपुर – एभरेष्ट ह्याण्ड सेनिटाइजर
१२. जेनेटीका ल्याब्रोटोरी प्रालि वीरगञ्ज – जी क्लीन
१३. हर्बल प्रडक्टस् एण्ड प्रोसेसिङ – सञ्चो ह्याण्ड सेनिटाइजर
१४. हिमालयन शेर्पा हर्बल प्रालि काठमाडौं – एचएस ह्याण्डरब
१५. कस्तुरी फर्मास्युटिकल्स प्रालि चितवन – सनिक ह्याण्ड सेनिटाइजर
१६. लोमस फर्मास्युटिकल्स प्रालि काठमाडौं – ह्याण्डक्स
१७. मञ्जरी आयुर्वेद औषधि उद्योग – रब क्लीन
१८. मारुती फर्मा प्रालि वीरगञ्ज – स्टेरीभोन
१९. एमडीए फर्मास्युटिकल्स प्रालि भक्तपुर – भीरोक प्योर प्लाम्स
२०. नेशनल हेल्थ केयर प्रालि वीरगञ्ज – आइएसओरब, जर्मीजेक, एचईएक्सई
२१. नेपाल औषधि लिमिटेड काठमाडौं – सेनिटिज सेनिटाइजर
२२. नेपाल हर्बस इण्डस्ट्रीयल प्रालि – ह्याण्ड सेनिटाइजर
२३. नेपाल फर्मास्युटिकल्स ल्याब्स वीरगञ्ज – न्युरेल
२४. नोभा जेनेटीका प्रालि धादिङ – नियोफ्रेस एस
२५. पतञ्जली आयुर्वेद प्रालि वीरगञ्ज – पतञ्जली आयुर्वेद सेनिटाइजर
२६. फर्माको इण्डष्ट्रीज प्रालि काठमाडौं – सेफ्टी इन्सेन्ट ह्याण्ड सेनिटाइजर
२७. प्राइम फर्मास्युटिकल्स प्रालि वीरगञ्ज – सेफ ह्याण्ड
२८. क्वेस्ट फर्मास्युटिकल्स प्रालि वीरगञ्ज – सिल्क टच
२९. रोडोडेंड्रोन बायोटेक प्रालि ललितपुर – आरबी ह्याण्डरब
३०. रोयल फर्मास्युटिकल्स प्रालि चितवन – ड्राइसेफ
३१. सोलुसन हर्बल कम्पनी प्रालि धादिङ – क्लिन
३२. एसआर ड्रग ल्याब्रोटोरिज प्रालि धादिङ – एसआर केयर
३३. समी फर्मास्युटिकल्स प्रालि नवलपरासी – सुरक्षा
३४. सुप्रिम हेल्थकेयर प्रालि – ह्याण्ड गार्ड
३५. टौरस फर्मा प्रालि धादिङ – सेफ गार्ड, स्यानिटोल
३६. टाइम फर्मास्युटिकल्स प्रालि नवलपरासी – सेनी टाइम, सुरक्षा, निरमल जेल
३७. युनिभर्सल फर्मुलेशन रुपन्देही – युनिसेफ
३८. उपदेश हर्बल उद्योग – हरपल
३९. ग्रेस फर्मास्युटिकल्स प्रालि – प्रोटेक्टो
४०. कश्यप ऋिषि आयुर्वेद कम्पनी प्रालि – कश्यप ऋिषि ह्याण्ड सेनिटाइजर
४१. वीनटेक केमीकल – ह्याण्ड क्लिनर