काठमाडौं- काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम फेरि सुरु हुने भएको छ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम भोलीबाट पुन सुरु हुने भएको हो।
भेरोसेल खोप कार्यक्रम भोली सोमबार र पर्सी मंगलबार मात्र हुने बताइएको छ।
यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो। तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने काम हुने भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।
हेरौं सूचना