प्रश्न: के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ? कोभिड विरुद्धको खोपमा त्यस्तो कुनै धातु वा माइक्रोचिप्सहरु हुन्छन्?
उत्तर : बन्दैन।
कोभिड-१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु हुँदैन। त्यसैले यस्ता अफवाहको विश्वास नगरौं। कोभिड-१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।
महामारीको बेलामा भ्रम होइन सचेतना फैलाऔं।
कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौं। मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेलाबेलामा साबुनपानीले हात धुने गरौं।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)