काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले प्रतिष्ठान हित विपरित काम गर्दै आइरहेको भन्दै विरोध भइरहेको छ।
प्रतिष्ठानमा उपकुलपति नियुक्त भएदेखिनै डा गिरी एकपछि अर्को विवादमा मुछिँदै आइरहेका छन्। केही समयअघि डा गिरीले प्रतिष्ठानको हितमा काम गर्न नसकेको भन्दै प्रतिष्ठानका फ्याकल्टी (शिक्षक चिकित्सक) हरु आन्दोलित भएका थिए। उनीहरुले डा गिरीलाई बर्खास्त गर्न माग समेत गरेका थिए।
त्यसयता पनि उनले प्रतिष्ठानमा मनपरी ढंगले काम गर्दै आइरहेको र आर्थिक अनियमितता गरेको भन्दै प्रतिष्ठानका कर्मचारीसहित प्रतिष्ठान बाहिरका सरोकारवालाले समेत विरोध गर्दै आइरहेका छन्।
प्रतिष्ठान सुधारका काममा चासो नदिएका डा गिरीले पछिल्लो समय प्रतिष्ठानमा भइरहेका अनियमितता तथा सुधारका विषयमा बोल्ने चिकित्समाथि कारवाही प्रक्रिया अगाडि बढाएका छन्।
उनले प्रतिष्ठान सुधारको कुरा राख्दै आइरहेका डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधेका छन्। डा पोखरेलले सामाजिक सञ्जालमा प्रतिष्ठानमा भएका भ्रष्टाचार, अनियमितता र प्रतष्ठानको अस्तित्व ध्वस्त पार्ने काम भइरहेको कुरा लेखेका थिए। सोही विषयलाई लिएर उपकलुपति डा गिरीले डा पोखरेललाई तीन दिन भित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेका छन्।
प्रतिष्ठानको हितका विषयमा बोल्ने एसोसिएट प्रोफेसर पोखरेललाई स्पष्टीकरण सोधेपछि प्रतिष्ठानका कर्मचारी उपकुलपतिसँग रुष्ट भएका छन्। उनीहरुले त्यसको खुलेर विरोध गरेका छन्।
डा पोखरेले प्रतिष्ठानको अर्थोपेडिक्स विभागमा कार्यरत छन्।
उनले केही समय पहिले सामाजिक सञ्जालमा प्रतिष्ठानको अस्तित्व ध्वस्त पार्ने र निजि मेडिकल कलेजलाई काखि च्याप्ने मेडिकल माफियालाई अख्तियारसँग कार्वाहीको माँग गर्न सार्वजानिक आव्हान गरेकम थिए। “नमस्ते वीपी प्रतिष्ठानमा भ्रष्टाचारले ज्यान लिने अख्तियार तमाशा हेर्ने? कहिले सम्म” मेसेज लेखी अख्तियार प्रमुख आयुक्त प्रेम राईको नम्बर उपलब्ध गराउँदै दबाब सिर्जना गर्न मेसेज गरौं भन्दै सबैमा अनुरोध गरेका थिए।
डा गिरी निजी मेडिकल कलेजका पक्षमा वकालत गर्दै आएका व्यक्ति हुन्। उनलाई तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा नियुक्त गरिएको थियो।
हेरौं उपकुलपतिले डा पोखरेललाई सोधेको स्पष्टीकरणको पत्र
यो पनि :
आइसोलेसनबाटै जथाभावी कर्मचारी नियुक्ति र सरुवा गर्दै बिपी प्रतिष्ठानका उपकुलपति डा गिरी