प्रश्न : वर्षातको समय छ। यो समयमा मास्क भिज्ने समस्या हुन्छ। यो समयमा धेरैले भिजेकै मास्क लगाइरहेको देख्न सकिन्छ। के भिजेको मास्क सुरक्षित हुन्छ?
उत्तर : भिजेको मास्कको भर नपरौं। वर्षायाममा कोरोनाबाट अझ सजग होऔं।
भिजेको मास्कबाट सास फेर्न असहज र हानिकारक हुने मात्र नभई यसले भाइरसलाई पनि छेक्न सक्दैन। त्यसैले, घर बाहिर निस्कँदा सकेसम्म पानीले नभिज्ने झोलामा अतिरिक्त मास्क बोक्ने बानी बसालौं।
मास्क लगाऔं, कोरोनाबाट आफू पनि सुरक्षित होऔं, अरुलाई पनि सुरक्षित राखौं।
कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौं। मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेलाबेलामा साबुनपानीले हात धुने गरौं।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)