काठमाडौं– जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले बिरामीसँग शुल्क लिएर निजीमा पिसिआर परीक्षण गराएको भन्दै ४ जना कर्मचारीलाई सेवाबाट हटाएको छ।
अस्पतालमा कार्यरत फर्मासिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्द प्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्निा र कार्यलय सहयोगी मदन श्रेष्ठलाई करार सम्झौता रद्ध गरि निलम्बन गरिएका हो।
कोरोना महामारीको समयमा जेठ १२ गते यी कर्मचारीहरुको संलग्नतामा बिरामीहरुबाट व्यक्तिगत रुपमा शुल्क लिई निजी ल्याबमा कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र निजी फार्मेसी मार्फत औषधि खरिद गर्न बाध्य बनाएको गुनासो आएको थियो।
बिरामीको गुनासो आएपछि केन्द्रले ४ जनालाई नै दुईपटक सम्म २४ घण्टामा स्पष्टिकरण सोधेको थियो ।
तर उनीहरुले पेश गरेको जवाफमा अस्पताल प्रशासन सन्तुष्ट हुन नसकेको केन्द्रले जनाएको छ।
उनीहरुले करार सम्झौता विपरित कार्य गरेको प्रष्ट भएको निषर्क निकाल्दै उनीहरुलाई निलम्बन गरिएको केन्द्रले जनाएको छ।