काठमाडौं- महाराजगन्ज नर्सिङ क्याम्पस महाराजगञ्ज (आइओएम)को निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी प्राध्यापक चन्द्रकला शर्मालाई दिइएको छ।
क्याम्पस प्रमुख प्रा सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।
प्राध्यापक शर्मा यसअघि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिइन। उनलाई २०७५ फागुन १० गते सहायक क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको थियो।
उनले हिजाे निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सहितको पत्र पाएको जानकारी दिइन।