काठमाडौं- सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप एक सातापछि नेपाल आइपुग्ने भएको छ। सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा १० लाख डोज खोप अर्को साता नेपाल आइपुग्ने भएको हो।
खोप लिनका लागि जुलाई ८ तारिख २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निश्चित भएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए। 'कोभिड खोप लिनका लागि जहाज जाने निश्चत भएको हो' उनले भने '१० लाख डोज खोप ल्याउने कुरा छ।'
सरकारले चीनको भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको हो। चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।