काठमाडौं - सरुवा रोग विज्ञ डा वासुदेव पाण्डे हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२० बाट सम्मानित भएका छन्। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलनले सरुवा रोगको अनुसन्धान तथा क्षेत्रमा योगदान पुर्याएको भन्दै डा पाण्डेलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।
हेल्थ रिसर्च अवार्ड २०२० बाट उदयनारायण यावद, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट रिसर्चर अवार्डबाट डा विपिन अधिकारीले प्राप्त गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा मेघनाध धिमालले जानकारी दिए। डा अधिकारीले मेडिकल डाक्टर क्याटोगोरी तर्फबाट उक्त अवार्ड प्राप्त गरेका हुन्।
यस्तै, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट रिसर्चर अवार्ड एनएचआरसी इम्प्लोइ क्याटगोरी तर्फबाट डा विष्णु प्रसाद मरासिनीले प्राप्त गरेका छन्।
बेस्ट पेपर अवार्ड पोस्टर तर्फ दिक्षा न्यौपाने सम्मानित भएकी छिन् भने बेस्ट पेपर ओरल प्रिजेन्टेशन अवार्ड डा निशान्त कटुवाललाई प्रदान गरिएका डा धिमालले जानकारी दिए।
बिहीबारदेखि सुरु भएको उक्त सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ।