काठमाडाैं- सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल वायु सेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने भएको छ। निगमले खोप ल्याउन गरिने कार्गो उडानको तालिका तय गरेको हो।
निगमका अनुसार पहिलो उडान यही जुलाइ ८ (असार २४ गते) मा हुनेछ। यस्तै दोस्रो र तेस्रो उडान क्रमश: जुलाई १५ र २२ मा हुने तय भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप खरिद गर्न चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सम्झाैता गरेको शुक्रबार जानकारी दिएको थियो। मन्त्रालयले पछिल्लो सम्झाैताअनुसार यही असार २४ गतेबाट खोपको आपूर्ति सुरु हुने जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रायका एक अधिकारीका अनुसार ४० लाख डोज खोप खरिदका लागि 'नन डिस्क्लोजर' सम्झाैता भएको छ।
यस्तो छ उडान तालिका: