काठमाडौं - पछिल्लो ३४ घण्टामा देशभर एक हजार ६०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ८७६ जना पिअिसार परीक्षण गर्दा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५६१ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर २ हजार ५५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २२५ जना संक्रमितको मृत्यु भइसकेको छ।