काठमाडौं – नेपालमा हालसम्म २६ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २६ लाख ११ हजार ८ सय ७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ८३ हजार ३ सय २३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ४ लाख ७३ हजार १ सय ३४ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ३ लाख ७ हजार १ सय ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउँदा ७० हजार २ सय ६३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। प्रदेश २ मा ३ लाख २० हजार ५ सय ३२ जनाले कोभिसिल्ड र ७२ हजार ९ सय ८५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ।
कति खोप आयो?
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप भित्रिएको छ। जसमध्ये चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ। भारतले नेपाल सरकारलाई १० लाख र नेपाली सेनालाई एक लाख गरी ११ लाख डोज कोभिशिल्ड खोप अनुदान दिएको छ। कोभ्याक्स सुविधाअन्तर्गत थप तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपालले पाएको थियो।
त्यसबाहेक भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज खोपमात्र दिएको छ। बाँकी १० लाख डोज खोपको अग्रिम भुक्तानी गइसकेको भए पनि भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको भन्दै सेरम इन्स्टिच्युटले पठाएको छैन।
सरकारले चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट गरेर भेरोसेल खोप खरिद प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त प्रक्रिया अनुसार खरिदको खोप लिन नेपाल वायुसेवा निगमको जहान आज चीनको बेइजिङ गएको छ। उडान तालिका अनुसार चीनबाट खोप लिएर शुक्रबार बिहान काठमाडौंमा १० लाख डोज खोप आउने छ।
हालसम्म कुन प्रदेशमा कतिले खोप लगाए?
प्रदेश १
कोभिसिल्ड पहिलो मात्रा – ३ लाख ७ हजार १८६, दोस्रो मात्रा – ५२ हजार ८५५
भेरोसेल पहिलो मात्रा – ७० हजार २६३, दोस्रो मात्रा – १९ हजार ४५४
प्रदेश २
कोभिसिल्ड पहिलो मात्रा – ३ लाख २० हजार ५३२, दोस्रो मात्रा – ४६ हजार ३५८
भेरोसेल पहिलो मात्रा – ७२ हजार ९८५, दोस्रो मात्रा – ६ हजार ९८४
बागमती प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – ४ लाख २१ हजार ४८२, दोस्रो मात्रा – १ लाख ६० हजार ४९०
भेरोसेल पहिलो मात्रा – ४ लाख ७० हजार ६०४, दोस्रो मात्रा – ३ लाख ८५ हजार ३०५
गण्डकी प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ८७ हजार ९७४, दोस्रो मात्रा – ४९ हजार ६११
भेरोसेल पहिलो मात्रा – ३१ हजार ९०, दोस्रो मात्रा – ६ हजार ४०१
लुम्बिनी प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – २ लाख ७८ हजार ४७६, दोस्रो मात्रा – ८४ हजार ३६३
भेरोसेल पहिलो मात्रा – ७३ हजार ८८४, दोस्रो मात्रा – ३४ हजार ४६४
कर्णाली प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ७ हजार ३२८, दोस्रो मात्रा – २९ हजार १५१
भेरोसेल पहिलो मात्रा – २३ हजार ९, दोस्रो मात्रा – २ हजार ३६
सुदूरपश्चिम प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – २ लख ५ हजार ५०६, दोस्रो मात्रा – ३७ हजार ९०६
भेरोसेल पहिलो मात्रा – ४१ हजार ४८८, दोस्रो मात्रा – १८ हजार ४९०