काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६५७ जना पिअिसार परीक्षण गर्दा १ हजार २३९ र ४ हजार ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ३१६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। ६ लाख ६१ हजार ९२९ जना निको भइसकेका छन्। नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३४० जना संक्रमितको निको भइसकेको छन्।