काठमाडौं- प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा कोभिड खोप केन्द्रको स्थलगत निरीक्षण सुरु गरेका छन्।
उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन्। प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको समेत निरीक्षण तथा अनुगमन गर्नेछन् ।
खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्। आजबाट एक डोज मात्र लगाए पुग्ने कोभिड खोप जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ।
स्वास्थ्य मन्त्रालयले जाेन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।