काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत काभ्रे र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकमा लगाइँदै छ।
सोमबारदेखि शुरु भएको खोप अभियान अन्तर्गत लक्षित समूहलाई खोप लगाउने काम भइरहेको छ। सोमबार काठमाडौंका खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरका मानिसहरु समेत पुग्दा भिडभाड बढी भएको थियो।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंमा मात्र ५५ वटा खोप केन्द्र तोकिएको छ। उनका अनुसार सोमबार यी खोप केन्द्रमा ५३ र ५४ वर्ष उमेर, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीले खोप लगाएका छन्।
यी समूहबाहेक अन्य समूह पनि सोमबार केन्द्रमा पुगेका कारण भिड बढेको उनले जानकारी दिए।
उनका अनुसार मंगलबार ५१ र ५२ वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु र जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्तिहरुलाई खोप लगाइने छ।
यस्तै बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु, जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन छुटेका समूहले लगाउन पाउने छन्।
यी हुन् काठमाडौंका ५५ खोप केन्द्र