काठमाडौं - स्वास्थ्य सचिव डा रोशन पोखरेलले पदभार ग्रहण गरेका छन्। सरकारले डा पोखरेललाई सोमबार सचिवमा बढुवा गरेको थियो।
सचिवको जिम्मेवारी पाएका डा पोखरेलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेलगत्तै उनले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषय काम गर्ने समिति गठनको फाइलमा हस्ताक्षर गरेका छन्।
पदभार ग्रहणपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भनेझैं सरकारको प्राथमिकतामा कोभिड खोप भएकाले आफूले पनि सोही अनुसार काम गर्ने बताए।
सचिवको जिम्मेवारी पाउनु अघि डा पोखरेल मन्त्रालयमा नै १२औं तहका प्रमुख विशेषज्ञको रुपमा कार्यरत थिए।