कलेजोका कोषिकाहरुको सुजनलाई हेपाटाइटिस भन्छिन्। हेपाटाइटिस धेरै कारणले हुन सक्छ। भाइरस र ब्याक्टेरियाको संक्रमण र मदिरा सेवन बाहेक कुनैकुनै रसायनिक पदार्थ, औषधि वा विषादि लगायतले पनि हेपाटाइटिस गराउँन सक्छ।
संसारभरी नै हेपाटाइटिसको मुख्य कारण भाइरसको संक्रमण हो। धेरै किसिमका भाइरसले कलेजोलाई असर गर्छ। कलेजोलाई असर गर्ने भाइरसको समूहलाई हेपाटाइटिस भनिन्छ।
भाइरल हेपाटाइटिस भएमा एकाएक कलेजोको काममा बाधा पर्न आउँछ।
एकाएक कलेजोमा हुने सुजनका कारण
– भाइरल हेपाटाइटिस (ए,बी,सी,डी र ई),
– मदिरा सेवन,
– औषधि जस्तै पारासिटामोल हालोथेन,
– विषादि जस्तै विषयुक्त च्याउ, आफ्लाटक्सिन।
भाइरल हेपाटाइटिसका लक्षणहरु
– थकाइ लाग्ने,
– कमजोरी महसुश हुने,
– खान मन नलाग्ने,
– खानाको बास्नाले नै वाकवाक आउने वा वान्ता हुने,
– पिसाबको रङ गाढा हुने,
– ज्वरो आउने,
– कमलपित्त हुने,
– जीउ चिलाउने।
भाइरल हेपाटाइटिसको मुख्य लक्षण कमलपित्त (जन्डिस) हो जसले गर्दा बिरामीहरु डाक्टर वा बैद्यकहाँ पुग्छन्। तर धेरैजस्तो भाइरल हेपाटाइटिसका बिरामीहरुमा कमलपित्त हुँदैन र भाइरल हेपाटाइटिस बाहेक अरु धेरै कारणले कमलपित्त् हुन सक्छ।
बिरामीमा भाइरल हेपाइटिस भए/नभएको रगत परीक्षणबाट थाहा पाउन सकिन्छ।
हेपाटाइटिस छुट्याउन मद्दत गर्ने रगत परीक्षण एएलटी हो। हेपाटाइटिसमा एएलटीको मात्रा धेरै बढेको हुन्छ, कमसेकम यो समान्यभन्दा २ दशमलब ५ दोब्बर बढी हुन्छ।
भाइरल हेपाटाइटिस संसारभरी नै धेरै देखिने संक्रामक रोगहरु मध्ये एक हो। यो रोग जनस्वास्थ्यको समस्याको रुपमा पनि देखिएको छ।
सुरुको एक्युट अवस्थामा यसका केही बिरामीको कलेजोले काम गर्न छाडेका कारण मृत्यु हुन सक्ने भने हेपाटाइसिट–बी र हेपाटाइटिस–सी मा रोग सरेको धेरै वर्षपछि कलेजोको सिरोसिस वा क्यान्सरबाट मृत्यु हुन्छ।
भाइरस आरएनए वा डिएनए भन्ने न्युक्लिक एसिडबाट बनेको हुन्छ। हेपाटाइटिस भाइरसलाई फैलिने तरिकाको हिसाबबाट दुई समूहमा विभाजन गरिन्छ।
खाना वा पानीको माध्यममबाट सर्ने इन्टेरिक हेपाटाइटिस र रगतको माध्यमबाट सर्ने हेपाटाइटिस हुन्छ।
इन्टेरिक हेपाटाइटिस दिसाबाट, दूषित खाना र पानीबाट सर्ने गर्छ। यो हेपाटाइटिस ए र ई भाइरस हो।
यस्तै रगतको माध्यमबाट सर्ने हेपाटाइटिस बी, सी, डी र जी भाइरस हो।
फरक फरक भाइरसबाट हुने हेपाटाइटिस रोगहरु लक्षणको आधारबाट छुट्याउन गाह्रो छ। तर हरेक हेपाटाइटिस भाइरसले संक्रमण बेला रगतमा आफ्नो अलग्गै चिनो छाडेको हुन्छ। जसबाट कुन भाइरसबाट संक्रमण भएको हो भन्ने थाहा हुन्छ।
भाइरल हेपाटाइटिस किसिमहरु र सर्ने तरिका
भाइरस | ए | बी | सी | डी | ई |
सर्ने मध्यम दिसा रगत यौनसम्पर्क आमाबाट बच्च्चामा | सर्छ विरलै सर्दैन सर्देन | सर्दैन सर्छ सर्छ सर्छ | सर्दैन सर्छ सर्छ सर्छ | सर्देन सर्छ सर्छ विरलै | सर्छ विरलै सर्दैन सर्दैन |
सर्ने उमेर | बालबालिकामा | जुनसुकै | जुनसुकै | हेपाटाइटिस बी भएको व्यक्तिलाई | युवा अवस्थामा |
दीर्घालीन संक्रमण | हुँदैन | हुन्छ | हुन्छ | हुन्छ | हुँदैन |
दीर्घकालीन कलेजोको रोग वा क्यान्सर | हुँदैन | हुन्छ | हुन्छ | हुन्छ | हुँदैन |
मृत्यु एक्युट अवस्थामा | ०.२ प्रतिशत भन्दा कम | १ प्रतिशत भन्दा कम | १ प्रतिशत भन्दा कम | | ०. ४ प्रतिशत भन्दा कम गर्भवती महिलामा १३–२५ प्रतिशत |
-डा सन्तोषमान श्रेष्ठको ‘नेपालमा कलेजोका रागहरु’ पुस्तकबाट