काठमाडौं- मनाङ र मुस्ताङ कोभिड १९ विरुद्धको पूर्ण खोप पाउने पहिलो जिल्ला बनेका छन्। मनाङमा ४ हजार १९८ जना र मुस्ताङमा ९ हजार ५०८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक सुवेदीका अनुसार ती जिल्लामा १८ वर्षमाथि सबै नागरिकले कोरोना विरुद्धको खोप पाएको जानकारी दिए।
उनले भने,‘मनाङमा १६५ जना र मुस्ताङ ६८ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकि छन्। दुबै जिल्लाको कोभिड १९ विरुद्ध खोप समन्यव तथा अनुगमन समितिको निर्णय आइसकेपछि औपचारिक रुपमा घोषणा हुनेछ।’
उनले समितिको निर्णय आउन बाँकि रहेको बताए।