काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६१६ र र ५ हजार ७४९ जनाको एन्टीजेन परीक्षण गर्दा ६५जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर १ हजार ८८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार २२० भने ७९६ जना आइसियुमा र १८४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।