काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नारायणी अस्पतालमा छापा मारेको छ। अख्तियार दुरुपयोग अनुसनधान आयोग हेटौंडा कार्यालयको टोलीले सोमबार नारायणी अस्पतालमा छापा मारेको हो।
अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिमता भएको उजुरी परेपछि सोमबार अनुसन्धानका लागि अस्पतालमा पुगेको अख्तियार हेटौंडा कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।
उनले भने, ‘अहिले हामी अस्पतालमै छौं, फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीको आधारमा हामीले औषधि खरिदबिक्री कसरी भएको रहेछ, कति के छ भनेर अध्ययन गरिरहेका छौं।’
अख्तियारले अस्पतालको फार्मेसीमा रहेको औषधि तथा औषधि खरिदता कागजात जफत गरेर अनुसन्धान गरिरहेको छ।