काठमाडौं - चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो।
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरीद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।
यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकि ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ।
नेपालमा यअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।