काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीलाई दिइएको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज राज्यमन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई उक्त जिम्मेवारी दिएका हुन्।यसअघि कर्णाली प्रदेशमा कार्यरत भण्डारी गत एक वर्षदेखि जिम्मेवारी विहीन थिइन्।