काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा झण्डे ७ अर्ब रुपैयाँ बेरुजु रहेको छ। महालेखापरीक्षकको ५८ औं प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो।
प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १२ निकायमा १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु रहेको छ। सोमध्ये १ अर्ब २ करोड ट लाख ट हजार म्याद नाघेको पेस्की रहेको छ।
यस्तै, संगठित, अन्य संस्था र समिति तर्फ २६ वटा कार्यालयमा ५ अर्ब ५ करोड २४ लाख १९ हजार बेरुजु रहेको छ। सोमध्ये ७२ करोड ५६ लाख १ हजार रुपैयाँ म्याद नाघेको पेस्की रहेको छ।