काठमाडौं - काठमाडौं जिल्लामा आजदेखि ११ गतेदेखि ३ दिन भेरोसेल खोपको दोस्रो मात्रा दिन लागिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो।
दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए।
यो अवधिमा भेरोसेलको पहिलो मात्रा खोप कसैलाई पनि नदिन, केन्द्र तोक्दा सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै तोक्न पनि कार्यालयले पालिकाहरुको ध्यानाकर्षण गराएको छ।