काठमाडौं- सरकारले नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहयाता ऋण स्वीकार गर्ने भएको छ।
मन्त्रिपरिषदको बैठकले अन्तराष्ट्रिय विकास संस्थाबाट स्वास्थ्य क्षेत्र व्यस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहायता ऋण स्वीकार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, स्वर्गीय बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने, अर्को आर्थिक वर्षका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने र निजामती दिवसको दिनमा ४० जना निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए।