काठमाडौं- उच्च अदालत जनकपुरले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज गरेको छ।पदाधिकारीको नियुक्ति नियमसंगत नरहेको भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै तीन जना पदाधिकारीको नियुक्ती खारेज गरेको हो।
अदालतले प्रतिष्ठानका उपकुलपति डा रामकेबल साह, शिक्षाध्यक्ष डा अंकुर साह र रजिस्ट्रार डा विनोदकुमार यादवको नियुक्ति खारेज गरिदिएको हो। प्रतिष्ठानको ऐन विपरीत उनीहरुको नियुक्ति गरिएको भन्दै उच्च अदालत जनकपुरले तिनैजनाको काम, तलब तथा सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधिश धीरबहादुर चन्दको एकल इजलासमा सुनवाइ गर्दै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरु कानूनसम्मत नरहेको भन्दै तत्काल कामकाज, तलब सुविधामा रोक लगाएको छ।
प्रदेश सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो।
प्रतिष्ठानका तिनैजनाको नियुक्ति नियमसंगत नरहेको भन्दै देवानन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
हेरौं आदेश