प्रविधिको युग मानिने अहिलेको 'आधुनिक समय'मा जैविक आतंकवाद मानव जातिको अस्तित्वमाथी नै गम्भीर संकटको रुपमा देखा परेको छ। जैविक आतंकवादको तात्पर्य विषाणु या जीवाणुको नयाँ प्रविधिद्वारा परिवर्तित गरी त्यसलाई अझैं घातक र संक्रामक बनाइदिने र यसलाई हतियारको रुपमा मानवमाथि प्रयोग गर्नु हो। विभिन्न प्रकारका ब्याक्टेरिया, भाइरस, फाङ्स जुन पर्यावरणमा पहिलेदेखि नै छ त्यसलाई जैविक हतियारको रूपमा परिवर्तित गरी धेरै घातक संक्रमण फैलाउन सक्छन्।
अन्थ्रेक्स, प्लेग, बोटुलिस्म, टुलरेमिया, चेचक, सार्स भाइरस आदि खतरनाक प्रकारका जीव सम्मिलित छन्। जैविक आतंकवाद व्यक्ति, समुह तथा शक्ति राष्ट्र यीमध्ये जूनसुकै पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फैलाउन सक्छ। वर्तमान समयमा आतंकवादी स्वयम् घातक संक्रमण भइ सम्पूर्ण क्षेत्र वा समुदायमा संक्रमण फैलाइदिने जस्ता निकृष्ट कार्य गर्छन्।
इतिहासमा पनि विभिन्न साम्रज्यहरू जस्तै मेसोपोटामियाले शत्रुको पानी पिउने इनारमा विषाक्त राखेको थियो। ब्ल्याक डेथलाई फैलाउनमा तुर्की तथा मंगोलको सेनाहरूले मृत पशुको शरीर शत्रुको नगरमा फालेका थिए, जसका कारण धेरै व्यक्तिको मृत्यु भएको थियो। जर्मनीद्वारा १९१४-१८ मा अन्थ्रेस र चेचकको जीवाणु प्रयोग गरेको थियो। जापान चीन युद्धमा १९३७-१९४५ मा शाही जापान सेनाले चीनी नागरिकमाथि जैविक हतियारको प्रयोग गरेको थियो जसमा ६ लाख आम जनता प्रभावित भएका थिए।
जैविक हतियार प्रयोग भएको खण्डमा नेपाल सरकारको आपतकालीन स्थिति नियन्त्रनमा कुनै योजना तथा कार्यक्रम छ छैन बुँदागत रूपमा बुझौं।
१) विपत् जोखिम न्यूनीकरण राष्ट्रिय नीति २०७५, दीर्घकालीन नीतिगत व्यवस्था गर्ने उद्देश्यले तयार भएको यो पहिलो नीति हो।
२) राष्ट्रिय जैविक, रासायनिक तथा परमाणु सम्बन्धी आपातकालीन नीति नरहेको पाइन्छ।
३) जैविक, रासायनिक तथा परमाणुसम्बन्धी आपातकालीन नीति प्रदेश तथा स्थानिय स्तरमा नरेहेको पाइन्छ।
४) आपातकालीन जैविक आतंकवाद भएको खण्डमा कुनै किसिमका कोष स्त्थअपना नरहेको पाइयो।
५) कुनै पनि किसिमका कानुन, जसमा यदि जैविक आतंकवाद भएको छ भने के गर्ने भनेर स्पष्ट नीति तथा कार्यक्रम रहेको पाइँदैन।
६) हालसम्म कुनै पनि जैविक आतंकवादको घटना नेपालमा नभएको पाइएको छ।
७) जैविक आतंकवाद भइसकेपछि त्योबाट बच्ने सुविधा तथा उपकरणहरू प्रबन्ध रहेको पाइन्छ।
८) जैविक आतंकवादबाट बच्न सुरक्षा संयन्त्र नरहेको पाइन्छ।
९) नेपालमा यदि यस किसिमका घटना भएमा पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय सहयोग आउने देखिन्छ।
नेपालमा स्पष्ट्र नीतिको साथ गृह मन्त्रालय, रक्षा मन्त्रालय, पर्यावरणसँग सम्बन्धित क्षेत्र हेर्ने मंत्रालय आदि तथा विभिन्न निजी संस्थाहरुलाई पनि एकसाथ राखेर यस संकटबाट बच्न तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। अब भविष्यमा जैविक हतियारको रूपमा यदि देश र जनतालाई कुनै घटना भोग्नु पर्यो भने यसले त्रासदी ल्याउन सक्छ भन्ने कुरा हालको कोविड-१९ महामारीबाट सबैले 'सिक' प्राप्त गरेको हुनुपर्छ।
त्यसैले यससम्बन्धी भविष्यमा बच्न नीति तथा कानुनमार्फत स्पष्ट दिशानिर्देश तयार पार्न आवश्यक रहेको छ। निरन्तर शोधको निम्ति राष्ट्रिय जैविक हतियार सम्बन्धी विश्व विद्यालय तथा सोधकेन्द्र बनाउन आवश्यक छ। पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले पनि सबै देशलाई बढीभन्दा बढी जनस्वास्थ्यमा लगानी बढाउनुपर्ने भनेर जोड दिँदै आएको छ।
अन्तत: यस विषयमा नेपाल सरकार तथा सम्बन्धित निकायले गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको छ।