काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो।
परिषदले बुधबार राती प्रकाशित गरेको नतिजा अनुसार परीक्षामा २ हजार २० जना परीक्षार्थी सहभागी थिए। जसमध्ये १ हजार २९० जना उत्तीर्ण भएका छन्। परीक्षामा ३९ जना अनुपस्थित भएका थिए।
परिषदका अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठका अनुसार स्नातककोत्तर तहमा ३९ जनाले परीक्षा दिएकोमा २० जना ( ५८.८२ प्रतिशत) उत्तीर्ण भएका थिए। स्नातक तहमा २०३ जना सहभागी भएकामा १३३ जना ( ६७.१७ प्रतिशत) र प्रमाणपत्र तहमा कुल १ हजार ७७८ जना सहभागी भएकोमा १ हजार १३७ जना (६५ प्रतिशत) उत्तीर्ण भएका हुन्।