काठमाडौं- नेपाल चिकित्सक संघले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी नै नराखी प्रस्तावित दरबन्दी तेरिज सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिका चिकित्सकबाटै भएको अवस्था प्रदेशमा स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी तेरिज सच्याउन माग गरेको छ।
‘अलिलम्ब चिकित्सक तथा स्वास्थ्यकर्मीकै नेतृत्वमा स्वास्थ्य मन्त्रालय संचालन हुनु पर्ने र सोही बमोजिमको मेडिकल अधिकृत सहित विशेषज्ञ चिकित्सकहरुको दरबन्दी सुनिश्चित गरी महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित गरिएको दरबन्दी अबिलम्ब संचालन सच्याउन यस संघ नेपाल सरकार तथा प्रादेशिक सरकार समक्ष जोडदार माग गर्दछ,’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ।