काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान)ले बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सोको दरबन्दी तेरिजप्रति ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै गोदानले स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वागतयोग्य भएपनि त्यहाँको नेतृत्व स्वास्थ्य विधाबारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्यास्पद, गैरजिम्मेवार र खेदपूणर् भएको जनाएको छ।
गोदानले स्वास्थ्य सेवाको दरबन्दीहरु कायम गर्दा स्वास्थ्य सेजाको सदैव मुख्य स्तम्भ रहेका चिकित्सकहरुलाई नजर अन्दाज गरिएको भन्दै आपत्ति प्रकट गरेको छ।
अनेक सेवा समूह राख्ने तर स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक समूहलाई भने नीति निर्माणको तहका नियोजित रुपमा अलग्याउने खोजिएको पनि गाेदानको ठहर छ।
चिकित्सककै नेतृत्वमा स्वास्थ्य मन्त्रालय संचालन हुनु पर्ने र सोही बमोजिमको मेडिकल अधिकृत सहित विशेषज्ञ चिकित्सकहरुको दरबन्दी सुनिश्चित गरी महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित गरिएको दरबन्दी सच्याउन पनि गाेदानद्धारा जारी विज्ञप्तिमा माग गरिएकाे छ।