काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले यो महिनाभित्र एक तिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।
संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो महिनाभित्र एक तिहाई र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने दाबी गरे।
अग्रस्थानमा खटिने राष्ट्रसेवक लगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रमहरु नेपाल सरकारले सञ्चालन गरिरहेको छ', देउवाले भने।
वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु रहेको उनको जिकिर छ।
शताब्दीकै कहालीलाग्दो कोभिड-१९ को विश्वव्यापी महामारीबाट मानवजाति आक्रान्त बनेको छ। यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिवद्ध एवं क्रियाशील रहेको छ', देउवाले दाबी गरे।
प्रधानमन्त्री देउवाले कोभिड-१९ को महामारीबाट जोगिँदै यस्ता उत्सव मनाउनु पर्ने बाध्यता रहेको समेत उल्लेख गरे।