काठमाडौं- आजदेखि तीन दिनसम्म काठमाडौं जिल्लामा कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नार्गाजुन नगरपालिका, तार्केश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोका नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा तोकिएका खोप केन्द्रमा खोप लगाउन अनुरोध गरेको छ।
त्यसबाहेक काठमाडौं महानगरभित्र नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, निजामति अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा समेत खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।