काठमाडौं- काठमाडौं महानगरपालिकामा आजबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनेका को पहिलो मात्रा दिईने भएको छ।
जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको आइतबारको निर्णय अनुसार खोप लगाउन बाँकी १८ बर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो।
महानगरपालिकाले काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्र संगै नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा गएर समेत खोप लगाउन सकिने विभागीय प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ।