काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पिअिसार परीक्षण गर्दा ८९२ र तीन हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।
देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३१५ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८६ हजार १४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।