काठमाडौं - कामका सिलसिलका भारतमा रहि जमुनाहा नाकाबाट स्वदेश फर्कने नेपालीलाई नाकामै कोरोना विरुद्धको खोप दिइने भएको छ।
जमुनाहाका नाकामा रहेको हेल्थ डेक्समा उनीहरुको कोरोना जाँच समेत गरिने छ। बाँके कोभिड १९ संकट व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीले नेपाल फर्कने नेपाललाई भेरोसेल खोप असाेज २१ गते (हिजाे) देखि दिन सुरु गरिएकाे बताए।
हिजाे ६६ जना र आज विहान ८ बजेसम्म १९ जनाले खाेप लगाएकाे फोकल पर्सन वलीले जानकारी दिए।
भारतका केही कम भएको कोरोना संक्रमण पछिल्लो समय फेरी वुृद्धि भएको देखिएको छ। गतवर्ष भारतमा देखिएको डेल्टा प्सल भेरियन्ट नेपालमा देखिएपछि कोरोनाको दोस्रो लहर सुरु भएको थियाे।
कामको सिलसिलामा भारत भएका नेपाली दसैं सुरु भएसँगै नेपाल फर्कने क्रम बढेसँगै बाँके जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले नाकामा रहेको हेल्थ डेक्समै कोरोना संक्रमण जाँच गर्ने र खोप लगाएर नेपाल प्रवेश गराउने निर्णय गरेको हो। जमुनाहा नाका भएर दैनिक एक हजार बढी नेपाली नेपाल भित्रिने गरेका छन्।
बाँकेमा पहिलो लहर वैशाख १९देखि चैत ३१ गतेसम्म ४ हजार ९५८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।
दोस्रो लहर सुरु भएसँगै वैशाख १ देखि हिजो (असोज २१ गते) सम्म १३ हजार ३११ जनामा संक्रमण पुष्टि भइसकेको छ। योसँगै बाँकेमा हालसम्म १८ हजार २७३ जना व्यक्ति संक्रमित भइसकेका छन्।