काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पदवहाली गरेका छन्। शीतलनिवासमा सपथ लिएपछि मन्त्रिपरिषद बैठकमा सहभागी भएका खतिवडाले शुक्रबार साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणका क्रममा उनले कोभिड नियन्त्रणका लागि काम गर्ने बताएका छन्। उनले नेपाललाई कोभिडमुक्त बनाउने काममा आफ्नो ध्यान केन्द्रित हुने जानकारी दिए।
गठबन्धन सरकारले सार्वजनिक गरेको साझा कार्यक्रम अनुसार काम अगाडि बढाउने कुरामा पनि आफूले प्राथमिकता दिने उनले बताए।
'जनतामा विश्वास जाग्ने गरी काम गर्ने छौं। प्रधानमन्त्रीले कोभिड नियन्त्रणका लागि सार्वजनिक गरेको प्रतिवद्धता अनुसार काम अगाडि बढ्छ। हामी कोभिड नियन्त्रण र रोकथाममा लाग्ने छौं। नेपाललाई कोभिडमुक्त बनाउन ध्यान केन्द्रित गर्नेछौं,' उनले भने।
उनले अनियमितता र भ्रष्टाचार नियन्त्रणमा पनि केन्द्रित रहेर काम गर्ने पनि बताए।