काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता आइतबार संक्रमण दर सबैभन्दा कम देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण दर कुल परीक्षणदरको ५ प्रतिशत भन्दा कम देखिएको हो।अर्थात् कुल १२ हजार ४०४ जनाको परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो तथ्यांकले संक्रमण दर दोस्रो लहरको सुरुवात पछिकै दैनिक संक्रमण दर कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार भएको कुल परीक्षणदरको ४ दशमलब ८ प्रतिशतमा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।
दोस्रो लहरको कोरोना संक्रमण कम हुँदै जानु खुसीको कुरा भएको डा पौडेलको भनाइ छ।तर, अझैपनि कोरोना संक्रमण दर शून्यमा नझरेकाले संक्रमण रोकथाम, नियन्त्रणका लागि सबैले जनस्वास्थ्यको मापदण्डलाई पालना गर्नुपर्ने डा पौडेल बताउँछन्। चाड पर्व आएकाले भीडभाड कम गर्न र स्वास्थ्य मापदण्डलाई पालन गर्न चिकित्सकहरुले आग्रह गरिरेहका छन्।