काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले नर्भिक अस्पताल पुगेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई गृहमन्त्री खाँणले अस्पताल पुगेर भेटेका हुन्। अस्पतालमा वैद्यलाई उनले तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाँणले उनको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका थिए।