काठमाडौ- कार्यालयको किर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाका शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो।
यसअघि उनलाई जिल्ला अदालत मकवानपुरले १९ पुस २०७५ मा कसुरदार ठहर गर्दै २ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। जिल्ला अदालत मकवानपुरका न्यायाधीश ध्रवकुमार पियाको इजलासको फैसलापछि गजुरेल फरार थिए। मन्त्रालयले अदालतको सोही नजिरलाई समातेर सेवाबाट बर्खास्त गरेको हो।