काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका १६८ जना कर्मचारीहरुले जिल्ला प्रशासन कार्यलय जुम्लामा ध्यानाकर्षण पत्र बुझाएका छन्।
प्रतिष्ठानमा रहेका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउनेगरी भएको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै प्रतिष्ठानका कर्मचारीले पत्र बुझाएका हुन्।
प्रमुख जिल्ला अधिकरी (सिडिओ) विजया कुमारी प्रसाईलाई पत्र बुझाउदै प्रतिष्ठानका कर्मचारीले प्रतिष्ठानमाथि भएको हस्तक्षेप रोक्नुपर्ने माग समेत राखेका छन्।
प्रतिष्ठानका कर्मचारीले सरकारको उक्त कदमलाई गैर जिम्मेवारीपूर्ण हस्तक्षेप भन्दै भत्सर्ना गरेका छन्। उनीहरुले प्रतिष्ठानमाथिको हस्तक्षेप नरोके आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।