काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका पाँच जना कर्मचारीलाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो।
समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषदमा पठाइने छ। मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने छ।
समितिका एक सदस्यका अनुसार १२औं तहका लागि कार्य सम्पादन र दुर्गम बसेको आधारको मूल्यांकनका आधारमा पहिलोदेखि पाँच नम्बरसम्म सिफारिस गरिएको हो।
सबैभन्दा पहिलो नम्बरमा बाँकेमा कार्यरत डा श्यामसुन्दर यादव रहेका छन्। उनी भेरी अस्पतालका पूर्व निर्देशक हुन्।
दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी रहेका छन्।
तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ रहेका छन्।
यस्तै चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनी छन्।
समितिको यसअघि कात्तिक १६ र १७ गते दुई दिन बैठक बसेको थियो। तर बैठकले सम्भावित कर्मचारीको नाम सिफारिस गर्न सकेको थिएन। १२औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका थिए।
यी हुन् आवेदन दिने २१ कर्मचारी
डा भिमसिंह टिंकरी
डा गुणराज लोहनी
डा तारानाथ पोखरेल
डा संगिता कौशल मिश्रा
डा कृष्ण प्रसाद पौडेल
डा वासुदेव जनार्दन प्रसाद उपाध्याय
डा विकास देवकोटा
डा संजय कुमार ठाकुर
डा श्याम सुन्दर यादव
डा दिप थापा मगर
डा श्रीकृष्ण श्रेष्ठ
डा सुधा देवकोटा
डा आमिर बाबू श्रेष्ठ
डा रघुनन्दन ब्याजु
डा टंक प्रसाद बाराकोटी
डा प्रभा चापागाईं कोइराला
गोमादेवी निरौला
डा शैली प्रधान
डा आरपी बिच्छा
डा सुदेश सुवेदी
सुनिलराज शर्मा