काठमाडौं - देशभर दुई वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। हाल काठमाडौं र ललितपुर जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ५१२ र ललितपुरमा ५५७ जना सक्रिय संक्रमित छन्।
यस्तै आठ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा कोरोनाको दुई सय बढी सक्रिय संक्रमित छन्। ओखलढुंगा, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र जाजरकोटमा सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।