काठमाडौं - केही समयदेखि विवादमा अल्झिएको नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ टुक्रिएको छ।
भक्तपुरमा भएको एक भेलाले भक्तिमान सुब्बाको नेतृत्वमा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल गठन गरेका छन्। यसअघि उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको अध्यक्ष थिए।
नेकपा एमाले विभाजित भएसँगै यो संघमा पनि विभाजन आएको हो। अध्यक्ष सुब्बा नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल निटक हुन्।
संगठनको उपाध्यक्षमा डा कृष्णगोपाल महर्जन, महासचिवमा तोप थापा, उपाध्यक्षहरुमा राधा सिलवाल, तारा तामाङ्ग, विष्णु फेयाल, दिपक मण्डल, तुलाकृष्ण गोइत, गणेश तुम्बामो, रत्न गुरागाई र लक्ष्मण ढकाल चयन भएका छन्।
महासचिवमा तोप थापा, उपमहासचिवमा जयराम दवाडी, र जनक अधिकारी, सचिवमा दिपक न्यौपाने, कोषाध्यक्षमा युवराज तिमल्सिना सहित १५१ केन्द्रीय सदस्य गठन गरिएको छ। सात वटै प्रदेशका लागि प्रतिनिधि र केन्द्रीय सदस्यहरु समेत चयन गरिएको महासचिव थापाले जानकारी दिए।
फरक विचार धारा र आस्थाका कारण छुट्टै संगठन गठन गर्नु परेको उनले बताए।