काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भम्रण नगर्न अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ओमिक्रोन भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने देखिएको बताए। उनले संक्रमण रोक्नका लागि सबै नागरिकले जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह पनि गरेका छन्।
उनले हालसम्म नयाँ भेरियन्ट नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो बनाइएको जानकारी दिए।
कोभिड१९ विरुद्धको खोपले रोगबाट बचाउने भएकाले पायक पर्ने खोप केन्द्रमा गई अनिवार्य रुपमा खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
केहि दिन अघि अफ्रिकन मुलुकहरुमा पहिचान गरिएको ओमिक्रोन भेरियन्टले यतिबेला विश्वलाई पुनः त्रसित बनाएको छ।
पछिल्लो समय अफ्रिका तथा एसियाका केही देशहरुमा समेत यो भेरियन्ट तिव्र रुपमा विस्तार भइरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत यसलाई 'भेरियन्ट अफ कन्सर्न' भनी घोषणा गरिसकेको छ।