काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसीको नाम सिफारिस गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत फागुन महिनादेखि रिक्त काउन्सिलको अध्यक्षमा सरला केसी र सदस्यहरुमा रोशनीलक्ष्मी तुईतुई, रमा पाण्डे र शारदा अर्यालको नाम सिफारिस गरिएको छ।
‘अध्यक्ष र सदस्यहरुको नियुक्तीका लागि हामीले मन्त्रीज्यूकोमा नाम सिफारिस गरिपठाएका छौँ, छिट्टै मन्त्रीपरिषदमा नियुक्तीका लागि प्रस्ताव जान्छ होला,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो।
केसी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन हुने भने तुईतुई वीर अस्पतालको नर्सिङ प्रमुख, पाण्डे विनायक नर्सिङ क्याम्पसकी प्रिन्सिपल र अर्याल वीर अस्पतालकी नर्स हुन्।
यस अघि, काउन्सिलकी अध्यक्ष प्रा गोमादेवी निरौलाको ४ वर्षे कार्यकाल गत फागुनमा सकिसकेको छ।