काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी सम्बन्धी समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन्।
सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको बताउँदै समस्या समाधान गर्न गृहकार्य भइरहेको जानकारी दिए। यसलाई चाँडै निचोडमा पु¥याइने उनले बताए।
उनले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताए। उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताए।