काठमाडौं - मानिसको बढ्दो चहलपहलले कोरोना संक्रमणको जोखिम बढाएको चिकित्सकले बताएका छन्। विवाह, भोज भतेर, सभा सम्मेलनको भीडले कोरोना संक्रमणको जोखिम बढाएको डा शेरबहादुर पुनले बताए। त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना नभएकाले संक्रमणको जोखिम स्वतः बढ्ने उनले बताए।
उनले भने, ‘अहिले विवाह, सभा सम्मेलन धेरै भइरहेका छन्। त्यहाँ जनस्वास्थ्यका मापदण्ड पनि पालना गरिएको छैन। त्यसैले कोरोना संक्रमणको जोखिम यसले स्वभाविक रुपमा बढाउँछ नै।’
विवाह तथा सभा सम्मेलनमा धेरै भीड नगर्न तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न डा पुनको आग्रह छ। विवाह तथा सभा सम्मेलनले हाल भन्दा पनि डेढ÷दुई सातापछि संक्रमितको संख्या बढ्न सक्ने उनको भनाई छ।
‘अहिले नै संक्रमितको संख्या बढीहाल्ने भन्ने त हुँदैन। तर अहिले भइरहेका भीडभाडलाई हेर्दा लाग्छ, डेढ/दुई हप्तापछि भने केही बढ्न सक्छ। तर बढीहाल्छ भन्ने पनि हुँदैन।’ उनले भने।