काठमाडौं- एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दाेस्राे खेप आज आउन लागेकाे हाे। बिहीबार (हिजाे) पहिलाे खेपमा ७ लाख १९ हजार ६५० डोज खाेप नेपाल आइसकेकाे छ।
जर्मन सरकारले काेभ्याक्स सुविधामार्फत याे खाेप उपलब्ध गराएकाे हाे। जर्मन सरकारले नेपालमा १९ लाख ६५ हजार ६०० डाेज माेडर्ना खाेप समेत उपलब्ध गराएकाे छ। उक्त खाेप गत आइताबार नेपाल आइसकेकाे छ।
यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।