काठमाडौं- सरकारले प्रदेश २ का १८ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई लक्षित गरेर कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
पुस महिना भरी प्रदेश २ का सबै जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म खोप नलगाएका नागरिकहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
प्रदेश २ मा पुस महिना भरी भेरोसेल र एस्ट्राजेनेका खोप लगाइने मन्त्रालयले जनाएको छ। प्रदेश २ का रौतहट,सिराहा,सप्तरी,महोत्तरी,बारा,पर्सा,सर्लाही र धनुषामा खोप अभियान सञ्चालन हुने छ।