काठमाडौं- नेपालमा ९९ जना कोरोना संक्रमितहरु विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ७४ कोरोना संक्रमित आईसीयूमा र २४ भेन्टिलेटरमा गरी कुल ९९ जना उपचाररत छन्।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १५ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।
यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ४७ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचारत छन्।
गण्डकी प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै लुम्बिनी प्रदेशमा ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।
कर्णाली प्रदेशमा १ जना आईसीयूमा उपचाररत छन् भने सुदुरपश्चिममा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। हालसम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ।
संक्रमितमध्ये ५० प्रतिशत काठमाडौ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत छन्। ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।